२६ असार, काठमाडाैं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले उक्त कुरा बताएका हुन् । प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताए । उनले वर्तमान सरकारले युवाहरुलाई देशमा बसेर केही गर्ने वातावरण समेत बनाउन नसकेको गुनासो गरे । गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरुलाई पनि देश भित्रै केही गर्न सकिन्छ भन्नेकुरामा आशा जगाउन नसकेको बताए । उनले भने,‘निर्वाचन अघि सत्ता पक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो । तर सरकार गठन भएको सय दिन वितिसक्दा सय जना युवा पनि रोजगारीको आशामा विदेशबाट फर्किएको देखिँदैन । किनभने सरकारले रोजगारी सृजना गर्ने कार्य योजना आजसम्म प्रश्तुत गर्न सकेको छैन । प्रश्न रोजगारी सृजनाको संख्याको मात्रै होइन, नेपालमा नै बस्न सकिन्छ भन्ने भावना सरकारले जगायो कि जगाएन ? भन्ने हो । हिजो भर्खरै एक जना युवाले राहदानी विभाग अगाडि आफैले आगो लगाएको घटना हामीमाझ ताजा छ । ती युवाले देशमा आफूले गरिखाने आशा देखेर आगो लगाए कि गरिखाने आशा नदेखेर ? मैले प्रश्न मैले सत्ता पक्षका सम्पूर्ण राख्न चाहँे । प्रधानमन्त्री, मन्त्री, सबै सत्तापक्षका सांसदहरुलाई पनि मेरो यो प्रश्न हो । रोजगारी सृजना गर्ने निजी क्षेत्रनै आज सबैभन्दा बढी निराश हुन पुगेको छ ।’
प्रमुख सचेतक ओलीले सरकारको कारण रोजगारीको अवसर सृजना गर्ने निजी क्षेत्र समेत निराश अवस्थामा पुगेको जिकिर समेत गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar