२६ असार, काठमाडाैं । सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ ।
दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहको उद्धार गरेको हो । शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको बताए । जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, ११३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्याण्डबाट रहेका प्रवक्ता क्षेत्रीको भनाइ छ । राजदुतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको र यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको जानकारी दिए । उनले भने,‘दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहरुको उद्धार तथा यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेका छौँ । २०८३ असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, ११३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्याण्डबाट रहेका छन् । राजदुतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको छ । यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको छ । हामीले अनुरोध पनि गरेका छौँ । १ मे २०२६ देखि नेपाली राजदुतावास बैंककले अनलाइन फारममार्फत विवरण संकलन गरी राहदानी हराएका सबै नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाउने कार्य पनि गरेको छ । कम्बोडियाबाट नेपाल फर्किने अनिच्छुक नेपालीका आफन्तलाई उहाँहरुलाई नेपाल फर्किन विशेष आग्रह गरेका छौँ ।’
प्रवक्ता क्षेत्रीले १ मे २०२६ देखि नेपाली राजदुतावास बैंककले अनलाइन फारममार्फत विवरण संकलन गरी राहदानी हराएका सबै नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाउने कार्य गरेको पनि बताए । कम्बोडियाबाट नेपाल फर्किने अनिच्छुक नेपालीका आफन्तलाई उहाँहरुलाई नेपाल फर्किन विशेष आग्रह गरिएको जानकारी दिए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar