|  

आत्मदाह प्रकरणमा सरकार सक्रिय, छानबिन समिति गठन

२६ असार, काठमाडाैं । गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै यसबारे जानकारी गराएका हुन् । छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको उनले बताए । छानबिन तथा सोधपुछका लागि अहिले तीन् जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।