|  

प्रेम आचार्यले आत्मदाह गर्दा बोलेका बालेन आफू प्रधानमन्त्री हुँदा भएको घटनामा मौन

२७ असार, काठमाडौं । १० माघ ०७९ मा प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर आत्मदाह गरेका थिए ।

उक्त घटनापछि तत्कालीन सरकारको सर्वत्र आलोचना भयो । तत्कालीन समयमा काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारको कमजोरीले नागरिक ज्यान गएको भन्दै चर्को विरोध गरेका थिए ।

तर, उनी प्रधानमन्त्रीको कुर्सीमा रहेका बेला बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएर गणेश नेपालीको शुक्रबार ज्यान गएको छ । तर, यो घटनामा प्रधानमन्त्री शाह मौन छन् ।