|  

गणेश नेपालीको श#व वीरबाट त्रिवि शिक्षण अस्पताल लगियो

२७ असार, काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति १० बजेतिर शिक्षण अस्पताल पठाइएको हो ।

सहमति नभएकोले उनको शव परिवारले बुझेका छैनन् । त्यसैले शव सुरक्षित राख्नु पर्ने भएकोले राति नै शिक्षण अस्पताल पठाइएको  स्रोतले जनाएको छ ।