|  

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैनः ज्ञानेन्द्र शाही

२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कुनै पनि ऐन, कानुन, पद, शक्ति वा लोकप्रियता नागरिकको जीवनभन्दा ठूलो हुन नसक्ने बताएका छन्।

मुगुको सोरु गाउँपालिका– १ का २५ वर्षीय गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटअगाडि आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा ज्यान गुमाएको घटनाप्रति सङ्केत गर्दै नेता शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत कवितात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीले ऐन र कानुन जनताको जीवन रक्षा गर्न बनाइने भन्दै तिनको उद्देश्य कुनै पनि नागरिकको जीवन समाप्त पार्नु हुन नसक्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘जीवनभन्दा ठूलो ऐन–कानुन हुँदैन । ऐन(कानुन त जीवनको रक्षा गर्न बनाइन्छ, जीवन समाप्त पार्न होइन।’