|  

अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैनः महामन्त्री पौडेल

२८ असार, काठमाडौं ।   नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार नआउने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि दीर्घकालीन योजना र व्यावहारिक सुधार आवश्यक रहेको बताएका हुन्।

आफू स्वास्थ्यमन्त्री हुँदा सस्तो र सुलभ औषधि उपलब्ध गराउने नीतिगत आधार तयार पारेको दाबी पनि उनले गरेका छन्।