|  

विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि दुर्गा प्रसाईंलाई प्रहरीले पुर्‍यायो घर 

२८ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्‍याएको छ ।

प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको हो ।