२८ असार, काठमाडाैं । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले आज भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ।
सुकुम्बासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीले उक्त स्थानको निरीक्षण गरेको हो।
अनुगमन टोलीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता, सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव सहभागी थिए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकहरूको सुरक्षा र अवस्थाबारे जानकारी लिँदै यसको व्यवस्थित व्यवस्थापनका लागि मन्त्रालयहरूबीच समन्वय आवश्यक रहेको बताए। सो अवसरमा भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना अघि बढाउने तयारी गरिरहेको जानकारी दिए।
यसैगरी, स्वास्थ्यमन्त्री निशा मेहताले सेन्टरमा बसोबास गर्नेहरूको स्वास्थ्य अवस्थाबारे चासो राख्दै आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिएकी थिइन् भने शिक्षामन्त्री सस्मित पोख्रेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। श्रममन्त्री रामजी यादवले उनीहरूको जीविकोपार्जनका लागि रोजगारीका अवसर र सीपमूलक कार्यक्रममा जोड दिएका छन्।
मन्त्रीहरूको टोलीले स्थलगत निरीक्षणपश्चात् सेन्टरमा देखिएका समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar