|  

ट्रम्पका निकट सहयोगी अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन

२९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ।

शनिबार साँझ आकस्मिक बिरामी भएपछि उनको मृत्यु भएको हो। प्रारम्भिक चिकित्सकीय परीक्षणले मुटुसँग जोडिएको मुख्य धमनी (एओर्टा) च्यातिएकाले उनको मृत्यु भएको देखाएको छ । सन् २००२ मा अमेरिकी सिनेटमा निर्वाचित दक्षिण क्यारोलिनाका ग्राहम अमेरिकी विदेश नीतिका सबैभन्दा प्रभावशाली नेतामध्ये एक मानिन्थे ।

उनी विदेशमा अमेरिकी सैन्य हस्तक्षेपको वकालत गर्ने नेताका रूपमा परिचित थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्राहमलाई ‘साँचो अमेरिकी देशभक्त’ भन्दै उनको अभाव गहिरो रूपमा महसुस हुने बताएका छन्।

मृत्युअघि ग्राहम युक्रेनको राजधानी किएभको भ्रमणमा थिए । उनले शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका थिए । भ्रमणअघि उनीमा कुनै स्वास्थ्य समस्या देखिएको थिएन ।