|  

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृ#त्यु, आमा घाइते

२९ असार, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ ।

उनकी आमा गम्भीर घाइते भएकी छन् । गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी हुन् । भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट उनीहरु बोलेरो गाडी चढेर घर फर्किरहेका थिए ।

सुनखानी–साङवा सडक खण्डस्थित क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएकाले गाडीमा ओर्लिएर हिँड्ने क्रममा अर्को पहिरोमा उनीहरु परेका थिए ।

स्थानीयले उद्धार गरेर उनीहरुलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए । अस्पताल पुर्‍याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।