२९ असार, काठमाडाैं । न्यायाधीश तथा उपभोक्ता अदालत, काठमाडौंका अध्यक्ष डा. दिवाकर भट्टले उपभोक्ता अधिकार सम्बन्धी गम्भिर मुद्दा अदालतसम्म पुग्नै नसकेको बताएका छन् ।
नेपाल बार एशोसिएशनको उपभोक्ता कानून सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरूः उपभोक्ता अदालतको भुमिका’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । हालसम्म उपभोक्ता अदालतमा तीन वर्ष भन्दा बढी सजाय मागदाबी गर्ने खालका मुद्दा दर्ता नभएको बताए । उनका उपभोक्ता संरक्षण ऐन, २०७५ मा एक वर्षभन्दा बढी कैद सजाय हुने उपभोक्ता सम्बन्धी मुद्दा सरकारी वकिलको रायसहित उपभोक्ता अदालतमा दर्ता गर्न सकिने व्यवस्था छ । हालसम्म त्यस्ता कुनै मुद्दा अदालतमा नआएको उनले जानकारी दिए ।
अपराधजन्य कार्य नभएका कारण भन्दा पनि सम्बन्धित निकायको बजार अनुगमन, जनचेतना कमी लगायतका कारण यस्तो अवस्था आएको उनको भनाई छ । हालसम्म सानासाना मुद्दाहरु मात्रै अदालतमा आएको उनले बताए । ती मुद्दाहरु अदालतमा आउनै नपर्ने मुद्दा रहेको उनको भनाई छ । उनकाअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार निरीक्षण अधिकृतलाई निरीक्षण, बजार अनुगमन तथा गुणस्तरहीन वस्तु विक्रीमा तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकार दिएको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । निरीक्षण अधिकृतले जनचेतना अभिवृद्धि, उपभोक्तालाई सुसूचित बनाउने र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार उपभोक्ता अधिकार संरक्षणका लागि अदालतको उपचार मात्र पर्याप्त नभई संरक्षण, प्रवद्र्धन, रोकथाम र उपचार चारै संयन्त्र प्रभावकारी हुन आवश्यक छ । उनले भने, ‘उपभोक्ता संरक्षणको लागि अलिकति बढी राज्य नै संवेदनशील हुनुपर्छ । हाम्रो ठूलो बजार छ, देशभरि नै फैलिएको बजार छ । काठमाडौँमा गल्लीगल्लीमा फरकफरक किसिमका पसल छन् । उपभोक्ताको सचेतनाको स्तर पनि फरक किसिमको छ । कोही धेरै सुझबुझको हुनुहुन्छ, कोही कम जानेबुझेको हुनुहोला । यसको लागी बजार निरीक्षण अधिकृत, उपभोक्ता संरक्षण ऐन २०७५ ले परिकल्पना गरेको छ । उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत रहनुहुने निरीक्षण अधिकृतले बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्दछ । उहाँहरूलाई दुई–तीन ओटा जिम्मेवारी पनि तोकिएको छ । एउटा निरीक्षणको जिम्मेवारी, निरीक्षणकै सन्दर्भमा उहाँले बढीमा तीन लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नुहुन्छ । उपभोग्य पदार्थ छैन, क्वालिटी छैन भने उहाँहरुले जरिवाना गर्न सक्नुहुन्छ । सातवटै प्रदेशमा विभिन्न निकायहरू पनि स्थापना गर्न सकिन्छ, उहाँहरूकै कार्यालयहरू पनि छ, जिल्लास्तर, जिल्ला प्रशासन कार्यालयलाई पनि जिम्मेवारी तोकिन्छ, यो जनचेतना अभिवृद्धि गर्ने। त्यसमा उपभोक्ता अधिकारका सन्दर्भमा जनचेतना र उपभोक्ता सुसूचित उपभोक्ता कसरी बनाउने भन्ने कुरामा निरीक्षण अधिकृत सम्बन्धित विभाग र मातहतका निरीक्षण अधिकृत अलिकति बढी संवेदनशील भइदिनुपर्छ । विभागको महानिर्देशकलाई पनि केही मुद्दाहरू हेर्ने अधिकार छ । निरीक्षण अधिकृतले एक वर्ष भन्दा कम कैद सजाय हुने मुद्दा हेर्न पाउँछन् । तर अब यो पाटो पनि अलिकति त्यति प्रभावकारी हुन सकिरहेको छैन । एक वर्ष सम्मको मात्रै अर्धन्यायिक निकायले मुद्दा हेर्न पाउँछ, त्यसभन्दा माथिको चाहिँ अदालतले प्रवेश गर्नुपर्ने हुन्छ । हालसम्म एक वर्षभन्दा बढी कैद सजाय हुने मुद्दा अहिलेसम्म दायर हुन सकेका छैनन् । अब यो मुद्दा दायर नै नभएको कारणले गर्दाखेरि हाम्रो कार्यान्वयनको पक्ष फितलो भएको भन्ने कुरा छ । अहिलेसम्मका अपराधजन्य कार्य भएनन् त ? अपराधजन्य कार्यहरू भएका होलान्, कसुरजन्य कार्यहरू भएका होलान् । तर भएपनि नभएपनि उहाँहरूको प्रयास त्यसतर्फ चाहीँ अलिकति उद्यत भएन ।’
उपभोक्ता अदालतले हाल काठमाडौं, ललितपुर र भक्तपुरका मुद्दा मात्र हेर्दै आएको उल्लेख गर्दै उनले बाँकी जिल्लाका उपभोक्ताको न्यायमा पहुँच चुनौतीपूर्ण रहेको बताए । उनले क्षतिपूर्तिको दाबीसमेत वस्तुगत आधारमा हुनुपर्नेमा जोड दिए । वास्तविक क्षति, प्रमाण र कानूनी आधारबिना ठूलो रकम माग्दै फिराद दर्ता गर्दा अदालतलाई निर्णय गर्न कठिन हुने उनको भनाई छ । उपभोक्ता अदालतमा साधन–स्रोत, जनशक्ति र विशेष तालिमको अभाव रहेको उल्लेख गर्दै उनले न्यायिक क्ष्एकेडेमी, नेपाल सरकार तथा नेपाल बारले क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
नेपालमा उपभोक्ता अदालत २०८१ माघ २४ गते राजपत्रमार्फत स्थापना भई २०८१ चैत ३ गतेदेखि सञ्चालनमा आएको छ । हाल उपत्यकाका तीन जिल्लामा मात्रै उपभोक्ता अदालतको कार्य गर्दै आएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar