|  

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृ#त्यु

३० असार, काठमाडौं । सुनसरीको इटहरी–२० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गएराति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३२ वर्षीय बिर्खबहादुर राई र ४९ वर्षीय सुमन आचार्यको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको उपचार भइरहेको छ।