|  

फ्रान्सलाई हराउँदै स्पेन दोस्रोपटक विश्वकपको फाइनलमा

३१ असार, काठमाडौं ।  स्पेनले विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

२२ औै मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको स्पेनले ५८ मिनेटमा दोस्रो खेल फर्काएको थियो। खेलमा बलियो टिम मानिएको फ्रान्स निरिह बनेको थियो ।

फिफा विश्वकपमा स्पेन दोस्रोपटक फाइनलमा पुगेको हो। सन् २०१० मा फाइनल पुगेको स्पेनले उपाधि जितेको थियो।

बुधबार अर्जेन्टिना र इंल्याण्डबिच दोस्रो सेमिफाइनल हुँदैछ। सो खेलको विजेतासँग स्पेनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।