|  

नक्कली भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई २ वर्ष र टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय

३१ असार, काठमाडौं । जिल्ला अदालतले काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूलाई सजाय निर्धारण गरेको छ ।

अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषीहरूको सजाय निर्धारण गरेको हो । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय साथै  ४० हजार जरिवनासमेत सुनाइएको छ ।

त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई भने ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ।

त्यस्तै केशव प्रसाद दुलाललाई ४ वर्ष कैद र ४० हजार जरिवना, सानु भण्डारीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना, सागर राईलाई ४ वर्ष कैद र ४० हजार जरिवाना सजाय सुनाइएको छ।

सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटेवा शेर्पालाई पनि ४ वर्ष कैद र ४० हजार सजाय सुनाइएको छ। त्यस्तै नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई १ वर्ष सजाय र १० हजार जरिवाना सजाय सुनाइएको छ।