|  

मिडियामा गाडी पार्किङबारे रविः रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

३१ असार, काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेले मिडिया कार्यालयको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका गाडीको घटनामा निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने बताएका छन् ।

उनले दोषी जोसुकै भए पनि, रास्वपाकै कार्यकर्ता परे पनि कानुनी कारबाही हुनुपर्नेमा पार्टीको अडान स्पष्ट रहेको बताए।

पार्टीले यस विषयमा विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको र त्यसमा अहिले पनि अडिग रहेको उनले उल्लेख गरे।