|  

मैले पुग्यो नभनेसम्म इरानमाथि आक्रमण जारी रहनेछःट्रम्प

३१ असार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको अमेरिकी सैन्य आक्रमण आफूले पर्याप्त भयो भन्ने निर्णय नगरेसम्म जारी रहने बताएका छन् ।

ट्रम्पले इरानको सैन्य क्षमता कमजोर भइसकेको दाबी गरे । उनले इरानसँग अझै केही लड्ने क्षमता बाँकी रहे पनि धेरै नभएको बताए ।

अमेरिकी आक्रमण कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, “मैले पुग्यो नभनेसम्म आक्रमण जारी रहनेछ ।”ट्रम्पले अर्को हप्ता इरानका ऊर्जा तथा यातायात पूर्वाधारमाथि थप आक्रमण हुनसक्ने संकेत दिएका छन् ।