|  

सञ्चार गृहमा गाडी पार्किङ प्रकरणमामनिष झाको प्रश्नः यस्तो बचपना देखाएर राजकाज चल्छ ?

३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह र अन्य स्थानमा अवरोध हुने गरी गाडी पार्किङ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका छन्। झाले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गर्नु गलत भएको उल्लेख गरेका छन्।

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ झाले लेखेका छन्।

उनले राज्यको भूमिका नागरिकको चिन्ता समाधान गर्ने हुनुपर्ने भन्दै राज्य आफैंले थप त्रास सिर्जना गर्न नहुने बताएका छन्। राज्यकै संरक्षणमा सञ्चार माध्यम तथा अन्य ठाउँमा अव्यवस्थित पार्किङ गरिएकोतर्फ संकेत गर्दै झाले यस्तो शैलीबाट शासन सञ्चालन गर्न नसकिने टिप्पणी गरेका छन्।

‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन,’ उनले लेखेका छन्। साथै उनले ‘यस्तो बचपना देखाएर राजकाज चल्छ रु’ भन्दै प्रश्नसमेत गरेका छन्।