|  

इजरायलका ‘सबैभन्दा ठूलो समर्थक’को निधन 

३१ असार, काठमाडौं ।  अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनलाई इजरायलसँगको सम्बन्धसँग जोडेर हेर्न थालिएको छ ।

जुलाई १२ मा निधन भएका ग्राहम राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटस्थ मानिन्थे।केही समयदेखि इजरायल र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आइरहेको थियो । इरानसँगको सम्झौतालाई लिएर इजरायलले राखेको विमतिले गर्दा शान्ति वार्तामा खलल पुग्ने ट्रम्पको बुझाइ थियो ।

यही विषयमा रहेको असमझदारी चुलिएर विवादको रूप पनि लिएको थियो।‘ग्राहम इजरायलका प्रमुख समर्थक थिए। उनी युक्रेनका पनि समर्थक र इरानका विरोधी थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो खबरप्रति दुःख व्यक्त गरेका छन्।

उनले भनेका थिए, ‘म एकदमै दुःखी भएको छु।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गरे। उनले इजरायलले आफ्नो सबैभन्दा ठूलो समर्थक गुमाएको बताए। नेतान्याहुले थपे, ‘मैले एक प्रिय मित्र गुमाएको छु।’