|  

करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने सरकारी निर्णयपछि  धर्नामा उत्रिए पीडित कर्मचारी 

३१ असार, काठमाडौं ।  सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीले सिंहदरबार अगाडि धर्ना दिएका छन् ।

उनीहरूले सरकारको निर्णयले लामो समयदेखि करार सेवामा कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।