|  

प्रश्न उठ्दा स्टण्ट गरेर विषयान्तर गर्ने शैली पुरानो भइसक्यो : सांसद गीता गुरुङ

३१ असार, काठमाडाैं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली अब पुरानो भइसकेको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्रीमाथिको विश्वा एउटा व्यक्तिमाथिको विश्वास मात्र नभई युवा नेतृत्वमाथिको विश्वास भएको बताएकी हुन् । उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबाट पुरानो राजनीति भन्दा फरक शैलीको नेतृत्व दिने सबैको अपेक्षा रहेको बताउँदै तर, त्यो आशा विस्तारै निरासामा परिणत हुन थालेको बताइन् ।

सांसद गुरुङले देशमा दिनदिनै घटिरहेका घटनाले आशा भन्दा निरासा बढाइरहेको बताएकी छन् । उनले प्रश्न उठ्दा स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको बताएकी छन् ।