३१ असार, काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै तरकारी किसानहरू काठमाडौंको माइतीघरमा सडकमै गोलभेडा फालेर विरोध प्रदर्शनमा उत्रिएका छन्।
कृषि उपजको मूल्य निर्धारणमा सरकारी हस्तक्षेप र बजार व्यवस्थापनको माग गर्दै उनीहरूले बुधबार सांकेतिक प्रदर्शन गरेका हुन्। ‘हरियो क्रान्ति’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा सहभागी किसानहरूले गोलभेडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बीमा प्रभावकारी रूपमा लागू गर्न, प्रत्येक वडामा शीत भण्डार स्थापना गर्न तथा किसानमैत्री बजार प्रणाली विकास गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा किसानहरूले ‘किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर’, ‘बिचौलियाको नियन्त्रण अन्त्य गर’, ‘सहुलियत ऋण उपलब्ध गर’, ‘समयमै मल र बीउको व्यवस्था गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी तरकारी किसान आकाश कार्कीले किसानले मेहनत गरेर उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउँदा निराश हुनुपरेको बताए। उनका अनुसार बजारमा बिचौलियाको प्रभाव बढ्दा किसान घाटामा परिरहेका छन् भने उपभोक्ताले पनि महँगो मूल्य तिर्न बाध्य भइरहेका छन्। किसानहरूले कृषि उत्पादनको दिगो बजार व्यवस्थापन, उचित मूल्य सुनिश्चित गर्ने नीति र प्रभावकारी सरकारी हस्तक्षेप नभएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar