३१ असार, काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रलाई गति दिन सरकारले तीव्र रूपमा काम गरिरहेको बताउँदै होटल व्यवसायीलाई ढुक्क भएर लगानी र सेवा विस्तार गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल सङ्घ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारको प्रमुख साझेदारका रूपमा लिएको उल्लेख गर्दै व्यवसायीलाई कानुन पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न आग्रह गरे। उनले साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्यका सम्भावना खोज्न सुझाव दिए । छलफलमा हानका प्रतिनिधिहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै हालको १२ लाख पर्यटक आगमनलाई बढाउन सरकारसँग सहकार्य आवश्यक रहेको बताए। उनीहरूले पर्यटन विस्तारले रोजगारी सिर्जना गरी युवाको वैदेशिक पलायन घटाउन सहयोग पुग्ने धारणा राखे।
व्यवसायीहरूले पोखरा र भैरहवा विमानस्थलको पूर्ण सञ्चालन, नेपाल वायुसेवा निगमको सेवा सुधार, होटल उद्योगलाई विद्युत् महसुलमा सहुलियत तथा साना होटलका लागि वातावरणीय मूल्याङ्कनसम्बन्धी व्यवस्था सहज बनाउन सरकारसँग माग गरेका छन्। हानले नेपाललाई आरोग्य पर्यटन, विवाह गन्तव्य र सीमापार पर्यटनको केन्द्रका रूपमा विकास गर्न नीतिगत सुधार र विशेष प्रवर्द्धन कार्यक्रम आवश्यक रहेको औँल्याएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar