|  

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

३१ असार, काठमाडाैं । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराएका छन् । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन् ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त  विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए  ।