३१ असार, काठमाडाैं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खडा हुने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् । प्रमुख सचेतक महरले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले प्राप्त गरेको जनमत कुनै व्यक्ति विशेषको नभई समग्र युवा पुस्ताको विश्वासको अभिव्यक्ति भएको टिप्पणी गरे । महरले पछिल्लो समय स्थापित गर्न खोजिएको ‘३५ वर्षमा मुलुकमा केही पनि भएन’ भन्ने भाष्यको प्रतिवाद गरेका छन्। प्रजातन्त्र पुनर्बहाली पछिको अवधिमा भएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने तर्क गरे। महरले सरकारले ‘राज्य आतङ्क’ सिर्जना गरेको आरोप लगाए ।
उनले यातायात अवरोध गर्नेहरूलाई सामान्य जरिवानामा छोड्ने तर शान्तिपूर्ण विरोध गर्ने विद्यार्थीमाथि धरपकड गर्ने कार्य ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ भएको टिप्पणी गरे । करारमा रहेका करिव ६४ हजार कर्मचारीलाई निष्कासन गर्ने सरकारको तयारीप्रति लक्षित गर्दै उनले विदेशबाट रोजगारी दिन्छु भनेर युवा फिर्ता बोलाउने सरकारले स्वदेशमा कार्यरतलाई बेरोजगार बनाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन् । उनले वर्षायाममा हुने प्राकृतिक प्रकोप न्युनिकरणका लागि सरकारको पूर्वतयारी शुन्य रहेको भन्दै ध्यानाकर्षण गराए ।
कम्युनिस्ट विचार र सिद्धान्तमाथि अर्थमन्त्रीले गर्ने गरेका टिप्पणीहरूको आलोचना गर्दै महरले सामाजिक न्याय र विधिको शासनका लागि कम्युनिस्ट सिद्धान्त सान्दर्भिक रहेको दाबी गरे । उनले सरकारलाई ‘टाउकोले टेकेर उल्टो बाटो’ नहिँड्न र जनताको जीवनस्तर सुधारका लागि वास्तविक काम गर्न चुनौती दिए । उनले भने,‘यति धेरै जनसमर्थ प्राप्त सरकार पनि असफल भयो भने भोलिको दिनमा यो व्यवस्थानमाथि गम्भीर प्रश्नहरु सिर्जना हुन्छन् । लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न उठ्न सक्छन् । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रे हो । व्यवस्थामाथि विभिन्न खालका खतराहरु आउने भएका कारण हामी यो व्यवस्थाको सुदृद्धिकरण चाहन्छौँ । यो व्यवस्थाको हामी दीर्घजीवन चाहन्छौँ । कुन पार्टी र कुन व्यक्तिले जित्यो भन्ने कुरा लोकतन्त्रमा गौण हो । प्रधान होइन । लोकतन्त्रलाई जित्नुपर्दछ, जनताले जित्नुपर्दछ र यो व्यवस्थाले जित्नुपर्दछ । हामीले यो व्यवस्था स्थापना गर्नको लागि ठुलो संघर्ष गरेर आएका छौँ । त्यसकारण यो सरकार सफल हुनुपर्छ । जनताको मतको सम्मान गर्न सक्नुपर्दछ । हामीले त्यो चाहेका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमत बालेन्द्र साह र रवि लामिछानेको नामले मात्रै आएको जनमत होइन । मलाई के लाग्छ भने यो एउटा पुस्ताले प्राप्त गरेको जनमत हो । युवापुस्तामाथि नेपाली जनताले भरोसा गरे । देशको व्यवस्थाको परिवर्तन एउटा पुस्ताले गर्यो, नागरिकको अवस्थाको पवरिवर्तन अर्को पुस्ताले गर्छ भनेर युवापुस्तालाई विश्वास गरेर दिइएको जनमत हो भन्ने लाग्छ । त्यसकारण यो सरकार असफल हुँदा युवा पुस्ता असफल हुन्छ ।’
उनले सरकारी ढुकुटीबाट पारिश्रमिक लिने सबै जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने नीति ल्याउन सरकारलाई चुनौती दिँदै केवल रङ फेर्ने ‘निलो क्रान्ति’ भन्दा पनि जनताको अवस्था फेर्ने क्रान्ति आवश्यक रहेकोमा जोड दिएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar