३१ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनलाई सुशासनको दृष्टिकोणबाट सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।
प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले बजेट पारित भइसकेको र कानुन निर्माणसम्बन्धी प्रक्रिया अघि बढिरहेका बेला संसद् केही समयका लागि स्थगित हुनु स्वाभाविक रहेको बताए।
उनले सदन नबसेको अवधिलाई सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय आवश्यकता र जनचासोका विषय बुझ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
सरकारको १०० दिनको समीक्षा गर्दै सांसद खरेलले छोटो अवधिमै व्यापक उपलब्धिको अपेक्षा गर्नु यथार्थपरक नहुने उल्लेख गरे। उनले सरकारको कार्यगतिमा ढिलाइ भएको र अपेक्षाअनुसार परिणाम नआएको भन्ने जनस्तरबाट उठिरहेका गुनासालाई सम्मान गर्दै त्यसलाई सुधारको आधार बनाउनुपर्ने बताए।
उनले सरकारका कमजोरी पहिचान गर्दै आवश्यक सुधारका लागि रचनात्मक सुझाव र दबाबमार्फत सुशासनलाई थप प्रभावकारी बनाउने पक्षमा आफ्नो प्रतिबद्धता रहेको पनि स्पष्ट पारे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar