३२ असार, काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी रहेको जनाउने ब्यानर प्रदर्शन गरेका छन् ।
यस्तो ब्यानर प्रदर्शन गर्दै उत्सव मनाएपछि अर्जेन्टिना फिफाको कारबाहीको दायरामा पर्न सक्ने सम्भावना देखिएको स्रोतले जनाएको छ ।उपाधि रक्षाको नजिक पुगेको विश्व विजेता अर्जेन्टिनाले एटलान्टामा भएको सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले हराउँदै आइतबार स्पेनसँग हुने फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
खेल सकिएलगत्तै अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सन अर्जेन्टिनास’ लेखिएको ब्यानर बोकेर विजय उत्सव मनाएका थिए । यसको अर्थ ‘फकल्यान्ड अर्जेन्टिनाकै हो’ भन्ने हुन्छ । दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापु बेलायतको भूभाग भए पनि त्यसमाथि अर्जेन्टिनाले लामो समयदेखि दाबी गर्दै आएको छ ।
यही विषयलाई लिएर सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच ७४ दिनसम्म युद्ध भएको थियो । उक्त युद्धमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो । तीनजना सर्वसाधारणको पनि ज्यान गएको थियो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar