|  

काठमाडौंका पोलमा लत्रिएका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सरकारको निर्देशन

३२ असार, काठमाडौं  । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा बसेको उच्चस्तरीय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल र आईस्पानलाई एकीकृत कार्ययोजना बनाएर तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएको हो।