|  

गोठ भत्किँदा स्याङ्जामा ६५ वर्षीय वृद्धको मृ#त्यु

३२ असार, काठमाडौं  । स्याङ्जाको गल्याङ नगरपालिका–६ स्थित पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ ।

बिहीबार बिहानै गोठमा रहेका भैँसी र चौपायालाई दानापानी एवं कुँडो खुवाउँदै गरेका मगरको अचानक गोठ भत्किँदा च्यापिएर मृत्यु भएको हो ।

गोठ भत्किँदा उनीसँगै एउटा भैँसी पनि मरेको छ भने एउटा बङ्गुर घाइते भएको बताइएको छ। घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा मृतक मगरको शव बाहिर निकालिएको हो।