|  

इरान वार्तामा नफर्किए पुल र पावर प्लान्टमा बम हान्ने ट्रम्पको धम्की

३२ असार, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्के अर्को हप्ता इरानका ठुला पुल र ऊर्जा संयन्त्रमा प्रहार गर्ने धम्की दिएका छन् ।

दुई देशबिच लताचार चौथो दिन एक–अर्कामाथि मिसाइल हानाहान भएपछि ट्रम्पले ‘फक्स न्युज’सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् ।

‘अर्को हप्ता उनीहरूका लागि साँच्चै नराम्रो हुन्छ । हामी उनीहरूका सबै ऊर्जा संयन्त्रलाई नष्ट गर्नेछौँ । उनीहरू वार्तामा नआए हामी उनीहरूका सबै पुल उडाइदिनेछौँ,’ मंगलबार राति फक्स न्युजमा प्रसारित ब्रेट बायरसँगको अन्तर्वार्तामा ट्रम्पले भने ।

यसअघि पनि अप्रिलमा ट्रम्पले इरानका पुल र ऊर्जा संयन्त्रसहित नागरिक पूर्वाधार नष्ट गर्ने चेतावनी दिएका थिए ।