|  

भोजपुरमा ६० वर्षीय वृद्धले खुकुरी प्रहार गर्दा २७ वर्षीय युवक गम्भीर घाइते

३२ असार, काठमाडौं  ।  भोजपुरको पौवादुङ गाउँपालिका–३ च्याङग्रेमा सामान्य विवाद झै–झगडामा परिणत हुँदा २७ वर्षीय धनकुमार राईमाथि ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरेका छन्।

घटनामा धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई थप उपचारका लागि धरान पठाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।