|  

अमेरिकी आक्रमणको कडा जवाफ दिने साथै वार्तामा पनि सहभागी नहुने इरानको चेतावनी

३२ असार, काठमाडौं  । इरानले अमेरिकाको सैन्य आक्रमणको दृढ र कडा जवाफ दिने चेतावनी दिएको छ ।

साथै, वर्तमान अवस्थामा कुनै पनि प्रकारको वार्तामा सहभागी हुने योजना नरहेको इरानले स्पष्ट पारेको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले बुधबार तेहरानमा आयोजित एक स्मृति कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भने- ‘अहिले हाम्रो वार्ताको कुनै योजना छैन । हाम्रो सम्पूर्ण ध्यान देशको रक्षा गर्न केन्द्रित छ ।’

अमेरिकाले आफ्ना प्रतिबद्धता उल्लङ्घन गरे इरान कुनै पनि सम्झौताप्रति बाध्य नहुने उनले बताए ।