|  

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी 

३२ असार, काठमाडौं  । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले मध्यपूर्वका रणनीतिक पूर्वाधारहरू ध्वस्त पार्ने चेतावनी दिएको छ ।

इरानको खातम अल–अम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता ब्रिगेडियर जनरल इब्राहिम जोल्फाघरीले अमेरिका र इरानको पूर्वाधारमाथि आक्रमण गरे मध्यपूर्वभरिका महत्वपूर्ण रणनीतिक संरचनालाई निशाना बनाइने चेतावनी दिएका हुन् ।

सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा जोल्फाघरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो धम्की कार्यान्वयन गरे इरानी सशस्त्र बलले यस्तो जवाफी कारबाही गर्ने दाबी गरे, जसले मध्यपूर्वका रणनीतिक पूर्वाधारको नामोनिसान मेटिनेछ।