३२ असार, काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मुलुकको औद्योगिक विकास र श्रमिकको हितका लागि संसदीय समितिले नीतिगत सुधारमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद थेबेले केवल भौतिक संरचनाको अनुगमनमा मात्र सिमित नभई सरकार, उद्यमी र श्रमिक–तीनवटै पक्षलाई फाइदा पुग्ने गरी नीतिगत हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।अनुगमनका क्रममा श्रमिकहरूको स्वास्थ्य र सुरक्षाको अवस्था निकै कमजोर पाइएको उल्लेख गर्दै उहाँले यसमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उपत्यका भित्रका औद्योगिक क्षेत्र र बाहिरका करिडोरहरूलाई फरक दृष्टिकोणले हेर्नुपर्ने थेबेको तर्क छ । सहरी क्षेत्रभित्र सञ्चालित उद्योगहरूबाट हुने प्रदुषण र सुरक्षा खतरालाई ध्यानमा राख्दै समितिले कडा मापदण्ड लागू गर्नुपर्ने उहाँले माग गरे ।
स्टार्टअपको विषयमा बोल्दै थेबेले केवल उद्योग विभागमा दर्ता हुँदैमा स्टार्टअपको लक्ष्य पूरा नहुने बताए । देशका सबै पालिकामा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई युवा उद्यमशीलतासँग जोड्नुपर्ने उनको सुझाव छ । जबसम्म स्थानीय स्तरमा उद्यमीमैत्री वातावरण बन्दैन, तबसम्म रोजगारी सिर्जना गर्न र युवाहरूको वैदेशिक पलायन रोक्न नसकिने उनको ठहर छ । ४० प्रतिशत हिस्सा ओगट्ने युवा जनशक्तिलाई विश्वासमा लिएर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिए । सांसद थेबेले भने, ‘शुरु भएपछि हाम्रो प्रयास सधैँ राम्रो परिणाम दिने खालको हुनुपर्छ । मेरो विचारमा समितिले अनुगमनमा मात्र सीमित नभई नीतिगत विषयमा बढी केन्द्रित हुनुपर्छ । अनुगमनमा जाँदा संरचना राम्रो देखाउनु स्वाभाविक हो, त्यो देखिनु पनि पर्छ । तर हाम्रो मुख्य उद्देश्य त्यहाँको वास्तविक समस्या पहिचान गर्ने र नीतिगत सुधारका लागि पहल गर्ने हुनुपर्छ । हाम्रो उद्देश्य सरकारलाई प्रभावकारी बनाउने, उद्यमीलाई उत्साहित गर्ने र श्रमिकको हित सुनिश्चित गर्ने हुनुपर्छ । कुनै एउटा उद्योगको मात्र कुरा होइन, समग्र औद्योगिक क्षेत्रको सुधारमा ध्यान दिनुपर्छ । विशेषगरी श्रमिकको स्वास्थ्य र सुरक्षाको विषय अत्यन्त महत्वपूर्ण छ। अनुगमनका क्रममा कतिपय ठाउँमा श्रमिकहरू रासायनिक पदार्थसँग काम गरिरहेको तर आवश्यक सुरक्षा सामग्री, जस्तै मास्क, प्रयोग नगरेको अवस्था देखियो । यो विषय श्रमिकको स्वास्थ्यका लागि मात्र होइन, उद्योगीको जिम्मेवारी र दीर्घकालीन हितसँग पनि जोडिएको छ । त्यसैले हेल्थ एन्ड सेफ्टीको विषयलाई हामीले गम्भीर रूपमा उठाउनुपर्छ । त्यसैगरी, उद्यमीलाई प्रोत्साहन गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्ने काम पनि समितिको जिम्मेवारी हो । उपत्यकाभित्रका औद्योगिक क्षेत्र, औद्योगिक करिडोर र बाहिरी क्षेत्रका उद्योगलाई फरक–फरक दृष्टिकोणबाट हेर्नुपर्छ । प्रदूषण नियन्त्रण र सहरको सुरक्षासँग सम्बन्धित विषयमा स्पष्ट मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ । अर्को विषय, यो समिति युवा, उद्योग, श्रम र श्रमिक सबै क्षेत्रसँग प्रत्यक्ष जोडिएको छ । स्टार्टअपको विषयमा माननीय मन्त्रीज्यूले राख्नुभएको सोच अत्यन्त सकारात्मक छ । तर उद्योग विभागमा दर्ता भएका स्टार्टअपको संख्या मात्र बढाएर हाम्रो उद्देश्य पूरा हुँदैन। हामीले नीतिगत रूपमा यस्तो वातावरण निर्माण गर्नुपर्छ, जसले स्थानीय तहसम्म उद्यमशीलता विस्तार गर्न सहयोग पु¥याओस् ।’
आगामी दिनमा गरिने औद्योगिक अनुगमनलाई थप प्रभावकारी बनाउन ‘प्रि-वर्कआउट’ (पूर्व-तयारी) गरेर मात्र जानुपर्ने उनले सुझाव दिए । अनुगमनले केवल समस्या मात्र नदेखाई ठोस नतिजा र नीतिगत स्पष्टता ल्याउनुपर्नेमा उनको जोड छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar