३२ असार, काठमाडाैं । ने प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी मौद्रिक नीतिलाई थप लचिलो र सहजीकरणमुखी बनाउन साथै सरकार र राष्ट्र बैंकको सहकार्यबाट मात्रै अर्थतन्त्रमा आत्मविश्वास जगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । उनले मौद्रिक नीतिका केही सीमित र अप्ठ्यारा प्रावधान खुकुलो पारेर सेयर बजारमा लगानीको वातावरण सहज बनाउन, उद्योग–व्यवसायमा लगानी बढाउन, बैंकको ब्याजदर तथा कर्जाका सर्तलाई उद्यममैत्री बनाउन आग्रह गरेका थिए । साथै महिला उद्यमी तथा आर्थिक-सामाजिक रूपमा पछाडि परेका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्ने बताएका थिए ।
छलफलमा गभर्नर पौडेलले मौद्रिक नीति समयसापेक्ष, व्यावसायिक र लचिलो बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकार र राष्ट्र बैंकको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै उनले कसैलाई अप्ठ्यारो पार्ने नीति नलिइने र सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar