|  

विश्वकप फाइनलको टिकट अमेरिकी खेलकुद इतिहासमै सबैभन्दा महँगो

१ श्रावण, काडमाडौं ।  अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल अमेरिकामा आयोजना भएका कुनै पनि खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा मँहगो बनेको छ।

प्रतियोगिताको टिकट रिसेल (पुनर्बिक्री) बजारमा सबैभन्दा महँगो बन्न पुगेको छ। दोस्रो बजारमा टिकट बिक्री गर्ने कम्पनी टिकपिकका अनुसार यस फाइनलका टिकटले सुपर बाउल र एनबीए फाइनल जस्ता प्रतिष्ठित प्रतियोगिताका टिकटको मूल्यसमेत उछिनेका छन्।

फाइनल हेर्नका लागि सबैभन्दा सस्तो (गेट–इन)टिकटको मूल्य ६ हजार ९४३ अमेरिकी डलर पुगेको छ। अर्जेन्टिनाले बुधबार इंग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएसँगै यो टिकटको मूल्य ७ हजार २०० डलर पुगेको छ । तर यो सबैभन्दा सस्तो टिकट हो । तर ठाँउअनुसार टिकटको मूल्यलाई हेर्दा औसत टिकटको मूल्य निकै उच्च छ ।

टिकपिकका अनुसार फाइनल टिकटको औसत खरिद मूल्य ११ हजार ३२७ अमेरिकी डलर पुगेको छ, जुन अमेरिकाको खेलकुद इतिहासमै अहिलेसम्मकै सबैभन्दा उच्च औसत मूल्य हो। हालसम्मको सबैभन्दा महँगो खरिदमा मेटलाइफ स्टेडियमको सेक्सन ११५ ‘ए’ का दुई टिकट प्रति टिकट २८ हजार ४७९ डलर (कुल ५६,९५८ डलर) मा बिक्री भएका छन्।