|  

विवादास्पद ‘मास्टर्नी’ गीत तुरुन्त बन्द गर्न शिक्षक महासंघको चेतावनी

१ श्रावण, काडमाडौं । नेपाली चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा फसेको छ ।

महिला शिक्षकलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको हो । महासंघले विज्ञप्ति जारी गर्दै गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ ।

गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न महासंघले आग्रह गरेको छ । गायिका बबिना किराती र गायक दुर्गेश थापाको स्वर रहेको गीतको शब्द, दृश्य र प्रस्तुतिलाई लिएर चौतर्फी विवाद उत्पन्न भएको हो । भिडियोमा अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय तथा नृत्य रहेको छ।

null