०१ श्रावण, काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निवासबाट प्रहरीले ल्यापटप, पेनड्राइभ र विभिन्न बैंकका चेकबुक बरामद गरेको अभियोजनपत्रमा उल्लेख गरिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा दायर गरिएको पूरक अभियोगपत्रमा ललितपुरको सैंबुस्थित पौडेल बस्दै आएको भाडाको घरबाट एप्पल कम्पनीको ल्यापटप एक थान, सानडिस्क कम्पनीको ८ जीबी क्षमताको पेनड्राइभ एक थान र पाँच वटा बैंकका चेकबुक बरामद भएको जनाइएको छ। अभियोजनपत्रमा उल्लेख भएअनुसार उक्त सामग्री पौडेल बस्ने घरको पहिलो तलाको पूर्वपट्टिको कोठाबाट बरामद गरिएको हो। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीस्थित उनको निजी निवासमा क्षति पुगेपछि पौडेल सैंबु क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसँगको शंकास्पद शेयर कारोबारमा संलग्नता देखिएको भन्दै पौडेललाई गत असार ८ गते पक्राउ गरेको थियो। विशेष सरकारी वकिल कार्यालयले बिहीबार पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar