०१ श्रावण, काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको दीर्घकालीन प्राथमिकता रासायनिक मल नभएको स्पष्ट पारेका छन् ।
शुक्रवार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै जैविक र प्राङ्गारिक मलको प्रवद्र्धनमा सरकार केन्द्रित हुने बताएका हुन् । मन्त्री चौधरीले रासायनिक मल नेपालमा उत्पादन नहुने र यो ‘ग्लोवल गुड्स’ (अन्तर्राष्ट्रिय वस्तु) भएकाले यसको दिगो व्यवस्थापनका लागि परराष्ट्र, अर्थ र कृषि लगायतका सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विगतका केही महिनामा रुस–युक्रेन युद्धका कारण रासायनिक मलको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको उल्लेख गर्दै मन्त्री चौधरीले प्रधानमन्त्रीको नेतृत्वमा भएका द्रुत प्रयासका कारण हाल मलको उपलब्धता सहज भएको जानकारी दिए । उनकाअनुसार आगामी ३ देखि ४ महिनासम्मका लागि मलको मौज्दात सुनिश्चित भइसकेकाले अब सरकार वैकल्पिक मार्गचित्र (रोडम्याप) तर्फ लाग्ने तयारीमा छ । सरकारले जैविक र प्राङ्गारिक मल उत्पादनका लागि बजेटमा उल्लेख्य वृद्धि गरेको पनि उनले जानकारी दिए । मन्त्री चौधरीले भने,‘मेरो प्राथमिकता स्पष्ट छ । दीर्घकालीन रूपमा हाम्रो लक्ष्य रासायनिक मलमा निर्भर रहने होइन । तर यसलाई एकैचोटि विस्थापन गर्न पनि सम्भव छैन । त्यसैले दिगो समाधानका लागि यो समितिसँग मिलेर काम गर्न चाहन्छु । साथै, यो नेपालमै उत्पादन नहुने विश्वव्यापी वस्तु भएकाले परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरेर दीर्घकालीन रणनीति बनाउन आवश्यक छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वैकल्पिक समाधानतर्फ पनि हामीले काम शुरु गरेका छौँ । शुरुका केही महिनामा मानव–वन्यजन्तु द्वन्द्व, रासायनिक मलको अभाव लगायतका धेरै चुनौती एकैसाथ सामना गर्नुपरेकाले केही विषयमा तत्काल अपेक्षित गति दिन कठिन भयो । त्यसमाथि रूस–युक्रेन युद्धको प्रभावका कारण मल आपूर्तिमा पनि समस्या देखियो । त्यस अवस्थामा प्रधानमन्त्रीज्यूसहित सम्बन्धित सबै मन्त्रालयको समन्वयमा आवश्यक पहल गरी मल आपूर्तिलाई व्यवस्थित गर्न सफल भएका छौँ । अहिले धान रोपाइँको मुख्य सिजन सकिएकाले आगामी तीन–चार महिनाका लागि मलको व्यवस्थापन सुनिश्चित भएको छ। अब हाम्रो ध्यान दिगो र वैकल्पिक समाधानतर्फ केन्द्रित हुनेछ । यसका लागि यस वर्षको बजेटमा जैविक तथा प्राङ्गारिक मल प्रवद्र्धनका लागि उल्लेखनीय बजेट विनियोजन गरेका छौँ । लक्ष्य लाखबाट होइन, क्रमशः अर्बौँ रुपैयाँको लगानीमार्फत जैविक मलको उत्पादन र प्रयोग विस्तार गर्ने हो । वन र कृषि मन्त्रालय एउटै नेतृत्वमा आएपछि स्रोत–साधनको समन्वय गर्न सहज भएको छ । अब माटोको प्रकृति अनुसार उपयुक्त व्यवस्थापन, वनजन्य स्रोतको उपयोग तथा वन डढेलो जस्ता समस्यालाई पनि एकीकृत रूपमा सम्बोधन गर्दै अघि बढ्ने हाम्रो योजना छ ।’
कृषि र वन मन्त्रालयको नेतृत्व सम्हालेपछि दुवै क्षेत्रको समन्वयमा काम भइरहेको बताउँदै उनले माटोको गुणस्तर सुधार र वनजन्य स्रोतको उपयोगलाई एकीकृत रूपमा अगाडि बढाइने उल्लेख गरे । साथै, वन डढेलो जस्ता समस्याहरूको समाधान गर्दै पर्यावरण संरक्षण र कृषि उत्पादकत्व वृद्धिलाई सँगसँगै लैजाने सरकारको कार्ययोजना रहेको उनले स्पष्ट पारेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar