|  

एसीसी यू–१९ महिला प्रिमियर कपःइन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो

२ श्रावण, काठमाडौं । नेपाली महिला यू–१९ क्रिकेट टोलीले एसीसी यू–१९ महिला प्रिमियर कपमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य नेपालले १४।२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो  सना प्रवीण २५ रनमा अविजित रहिन् भने साबित्री धामीले २४ रन र करुना बिष्टले अविजित १६ रन बनाइन्।

यसअघि इन्डोनेसियाले २० ओभरमा ९ विकेट गुमाएर ६८ रन बनाएको थियो। नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्।