|  

फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो

३ श्रावण, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

इङ्ल्यान्डले पहिलो हाफमै ४–० को अग्रता बनाए पनि दोस्रो हाफमा फ्रान्सले चार गोल फर्काएर खेल रोमाञ्चक बनाएको थियो।

इङ्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गर्दा डिक्लेन राइस, एज्री कोन्सा र जुड बेलिङ्घमले एक–एक गोल गरे।

सन् १९६६ मा विश्वकप जितेको इङ्ल्यान्डले त्यसयताकै उत्कृष्ट नतिजाका रूपमा यस संस्करणमा तेस्रो स्थान सुरक्षित गरेको हो।