५ श्रावण, काडमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन् ।
न्युयोर्क सहरका मेयर जोहरान ममदानीको टिप्पणीपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।
मेयर ममदानीले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए)मा सहभागी हुन नेतन्याहू न्युयोर्क आएमा उनलाई पक्राउ गर्ने सम्भावनाबारे आफ्नो कार्यालयले विचार गरिरहेको बताएका थिए ।
त्यसपछि ट्रम्पले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘बेन्जामिन नेतन्याहू अमेरिकामा रहँदा उनलाई कुनै पनि हिसाबले पक्राउ गरिने छैन।’
नेतन्याहूले इरानविरुद्ध लडिरहेको उल्लेख गर्दै ट्रम्पले थपेका छन्, ‘उनी इरानविरुद्ध लडिरहेका छन्, जसले हालै ५२ हजार निर्दोष प्रदर्शनकारीको ज्यान लियो।’ इरानले विगत ४७ वर्षदेखि अमेरिकी सैनिकहरूसहित धेरैको हत्या गर्दै आएको दाबी पनि ट्रम्पले गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar