|  

इरान युद्धः दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते

५ श्रावण, काडमाडौं  । जुलाई ७ यता इरानसँग जारी युद्धका क्रममा झन्डै सय जना अमेरिकी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले बताएको छ ।

मन्त्रालयका पेन्टागनका प्रवक्ता शन पार्नेलले सामाजिक सञ्जाल एक्समा एउटा पोष्टमार्फत उक्त जानकारी दिएका हुन् ।

पार्नेलका अनुसार जुलाई ७, २०२६ देखि हालसम्म करिब १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत सैनिक पुनः आफ्नो ड्युटीमा फर्किसकेका छन् ।

उनले भने, ‘उनीहरू पुनः आफ्नो जिम्मेवारीमा फर्कन दृढ छन् । अधिकांश घाइतेहरूलाई सामान्य स्तरको मस्तिष्कमा लाग्ने चोट (माइल्ड कन्कसन) लागेको थियो,’ ।