|  

कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो  

५ श्रावण, काडमाडौं  । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ ।

प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो । 

आगलागीमा परेर कार चालक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ ।

कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको छ ।