|  

नेपालगन्जमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै ‘राजा ल्याउन’ हस्ताक्षर अभियान

५ श्रावण, काडमाडौं  ।  नेपालगन्जमा ‘राजा ल्याउन’ भन्दै हस्ताक्षर अभियान चलाइएको छ। शाही युवा नेपालको आयोजनामा नेपालगन्जमा यो अभियान चलाइएको हो ।

‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारा लेखेर हस्ताक्षर गराइएको छ । ‘म आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै राजाको गद्दी आरोहणका लागि हस्ताक्षर गर्दछु’ हस्ताक्षर गर्ने कपीको माथी लेखिएको छ। त्यसपछि नाम, ठेगाना, फोन नम्बर र हस्ताक्षरका गर्ने ठाउँहरू छन्।