|  

युक्रेनबाट छुटेको जहाजमा मिसाइल आक्रमण, चारजना भारतीय नागरिकसहित १० जनाको मृ#त्यु

५ श्रावण, काडमाडौं  । युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ ।

ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज ‘एमभी गोल्डेन लियो’मा भएको मिसाइल आक्रमणमा १० जना चालक दलका सदस्यको मृत्यु भएको छ । जहाजमा भारत र सिरियाका नागरिक रहेका छन् । 

युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्वमा रहेको उक्त जहाज खाद्यान्न बोकेर ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको बेला रुसी मिसाइल प्रहार भएको हो । मारिनेमा चारजना भारतीय नागरिक छन् ।