|  

नुवाकोटमा रोपाइँ गरिरहेका वेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते

५ श्रावण, काडमाडौं  ।  नुवाकोटको विदुर नगरपालिका– १२, भट्टगाउँमा रोपाइँ गरिरहेका वेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् ।

स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका वेला सोमबार एक्कासि ठुलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब सात–आठ सय मिटर तल जंगलमा पहिरोको बिचबाट उद्धार गरिएको थियो ।

भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ ।