|  

पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृ#त्यु

५ श्रावण, काडमाडौं  । पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

यो सँगै गत जुन–२६ देखि देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ जना पुगेको छ।

आकस्मिक बाढीका कारण घर भत्किदा मृत्यु हुनेमा उत्तरपश्चिम खैबर पख्तुनख्वाका छ जना र कश्मीरका तीन जना रहेको छ ।