०५ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि नेपाल तयारी पोसाक उद्योग संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ।
प्रधानमन्त्रीसँग भएको भेटमा उठेका विषयलाई कार्यान्वयन गर्न उद्योगीहरू मन्त्रालय पुगेका हुन्।छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादवले तयारी पोसाक क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै लामो समयदेखि रोकिएका फाइल प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन्। संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार तयारी पोसाकका रुग्ण उद्योगको अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि निजी क्षेत्रसहितको समिति गठन प्रक्रिया सुरु भएको छ। साथै, उद्योग क्षेत्रको विकासका लागि तयारी पोसाक काउन्सिल गठन गर्ने तयारी पनि अघि बढाइएको छ।
मन्त्रालयले ‘ग्रिन गार्मेन्ट भिलेज’ स्थापना, प्राविधिक जनशक्ति उत्पादन, स्वदेशी कच्चापदार्थको प्रयोग विस्तार तथा हेम्प, अल्लो र कपासजस्ता स्रोतको व्यवसायिक विकासका लागि योजना बनाउने जनाएको छ। सरकारसँगको पछिल्लो संवादले लामो समयदेखि समाधान हुन नसकेका नीतिगत समस्या सम्बोधन हुने अपेक्षा उद्योगीहरूले गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar