|  

समता शुल्क फिर्ता निर्णयप्रति सांसद ज्ञानेन्द्र शाहीको स्वागत

०५ श्रावण, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले शुल्क फिर्ता लिने निर्णय गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै जनहितका विषयमा सरकारको कदम सकारात्मक रहेको बताएका हुन्। सांसद शाहीले मृत्युपछि शवमाथि लगाउने भनिएको कर पनि फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। उनले यस्तो कर जनभावनाविपरीत भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन्। उनले आगामी दिनमा पनि सरकारले नागरिक हितमा केन्द्रित भएर जनमुखी निर्णय गर्ने अपेक्षा व्यक्त गरेका छन्।